काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ। नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति (सर्च कमिटी) ले आज सूचना जारी गरी १० दिनभित्र दरखास्त दिन आह्वान गरेको हो।
प्रा.डा. पुण्यप्रसाद रेग्मीको चारवर्षे कार्यकाल गत असोज ८ गते सकिएपछि हाल उपकुलपति पद रिक्त छ । उपकुलपतिको दाबेदारको रुपमा विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. शारदा थपलिया, प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, प्रा.डा. सूर्यकान्त घिमिरे, प्रा.डा.पुष्कर दाहाल लगायत छन् ।