• २०८२ फाल्गुन २१ गते बिहिवार
  • Preeti To Unicode

बसुन्धारा र सुन्दरीजलमा दुई जनाको शव फेला



काठमाडौं । काठमाडौंको बसुन्धारा र सुन्दरीजलमा शव भेटिएको छ। टोखा नगरपालिका–५ स्थित बसुन्धारामा ३१ वर्षीय कृष्ण पाण्डे मृत भेटिएका छन्।

सुनसरीको धरान घर भएका पाण्डे आफ्नै कोठामा मृत अवस्थामा भेटिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिका–२ स्थित सुन्दरीजलमा ४५ वर्षीय सुरेश तामाङ मृत भेटिएका छन्। काभ्रे घर भएर सुन्दरीजलमा बस्ने तामाङ डेरामा मृत भेटिएका हुन्।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार