19.1 C
Kathmandu
Friday, April 19, 2024
spot_img

चार करोड ४५ लाख रुपैयाँका कार्यक्रमका लागि २०४ वटा संघसंस्थाको प्रस्ताव

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागको ४ करोड ४५ लाख रुपैयाँका सामाजिक विकास कार्यक्रमका लागि प्रस्ताव आव्हान गरिएको छ। महानगरपालिकाको उक्त विभागमा विकास सहायताका लागि २ सय ४ वटा प्रस्ताव पेश गरिएको छ। सूचनाका आधारमा १० वटा क्षेत्रगत कार्यक्रमका लागि यी प्रस्ताव पेश भएका हुन् ।

आज सामाजिक विकास समितिको बैठकमा यस सम्बन्धी छलफल गर्दै वडा २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सूचक निर्धारण तथा छनौट समिति गठन गरिएको छ । समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी रहनेछन् । समितिमा वित्त विभागबाट प्रतिनिधि रहनेछन् भने र सामाजिक विकास विभाग प्रमुख सदस्य सचिव रहनेछन्।

बैठकमा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्दा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र हरेक वडालाई एउटा सीप तथा उत्पादनसँग जोडेर पहिचान बढाउने कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । ‘प्राप्त भएका प्रस्तावहरुमा रीत पुगे नपुगेको हेरौँ । भूगोल र सामाजिक क्षेत्रका कामको सन्तुलन हेरौँ । यदि हाम्रो आवश्यकता पूरा नहुने देखियो भने थप सूचनामार्फत छुटेका क्षेत्रलाई सहभागी गराऔँ ।’

यस्तैगरि महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ रहेको छ । यो कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजान गरिएको छ भने १ करोड रुपैयाँ विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुलाई कार्यक्रम सहयोग’ मा २६ वटा प्रस्ताव आएका छन् ।

शुक्रबार गठन भएको समितिलाई कार्यक्रमको प्रकृति, लक्षित बर्ग, भौगोलिक अवस्था, क्षेत्रजस्ता सूचकका आधारमा दोहोरिएका कार्यक्रम घटाउने तथा अपुग भएका क्षेत्रलाई प्रवर्धन गर्ने गरी काम गर्न गरी जिम्मेवारी तोकिएको छ । समितिले नगर सभामा लैजान विकास सहायता कार्यक्रम संशोधनको प्रस्ताव तयार गर्नेछ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles