• २०८२ कार्तिक २५ गते सोमवार
  • Preeti To Unicode

चीनमा ६.८ म्याग्निच्युडको भूकम्प: ३६ को मृत्यु, ठूलो क्षति


काठमाडौँ – चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। नेपाल राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, यसको तीव्रता ७ म्याग्निच्युड रहेको छ।

भूकम्प बेइजिङ समयअनुसार बिहान ९:०५ बजे जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा केन्द्रित थियो। चिनियाँ भूगर्भ विभागले दिएको जानकारीअनुसार, यो भूकम्पले सिजाङ क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ।

यस विनाशकारी भूकम्पले हालसम्म ३६ जनाको ज्यान लिएको छ भने डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू पूर्ण रूपमा भत्केका छन्। उद्धारकार्य तीव्र रूपमा भइरहेको छ, जसका लागि थप जनशक्ति र साधन खटाइएको छ।

समाचार स्रोत सीजीटीएन र पिपल्स डेलीका अनुसार, प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू निरन्तर खटिरहेका छन्। यस घटनाले स्थानीय बासिन्दामा ठूलो त्रास पैदा गरेको छ।

प्रकाशित मिति : २०८१ पुष २३ गते मङ्गलवार