काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान सुनसहित एकजना व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ परेका २५ वर्षीय संजय तामाङ चितवनका निवासी हुन्।
संजय तामाङले करिब ६१ ग्राम तौलको सुनको ढिक्का र एक थान औठी भन्सार छली गरेर देश बाहिर लैजान लागेको अवस्थामा विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनी एयर इन्डियाको उडानमार्फत दोहाबाट काठमाडौं आएका थिए। पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।
पक्राउको यो घटना विमानस्थल प्रहरीले भन्सार छलीका प्रयासलाई पक्रने एक महत्वपूर्ण कार्य हो।