• २०८२ कार्तिक ११ गते सोमवार
  • Preeti To Unicode

भारतले गर्यो बंगलादेशविरुद्धको टी–२० सिरिजमा विजयी शुरुवात


काठमाडौं । भारतले बंगलादेशविरुद्धको टी–२० सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले ११.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.५ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो । यो जितपछि ३ खेलको टी–२० सिरिजमा भारत १–० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आगामी बुधबार भारतको दिल्लीमा हुँदैछ ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार