काठमाडौं । आज केही हरियो तरकारीहरूको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज बोडी, ब्रोकाउली, च्याउ, चुकुन्दर, सिमी, भिण्डीलगायतका तरकारीको भाउ बढेको हो ।
आज तने बोडी प्रतिकेजी ११५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, डल्लो भन्टा ६५ रुपैयाँ, भिण्डी, ८५ रुपैयाँ, कन्य च्याउ १०७ रुपैयाँ ५० पैसा, ठूलो गोलभेडा (भारतीय) ९५ रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, टनेल गोलभेडा ९० रुपैयाँ, लोकल सिमी ५७ रुपैयाँ ६७ पैसा, राजमा सिमी १३५ रुपैयाँ तोकिएको छ । यसैगरी, टाटे सिमी प्रतिकेजी ९५ रुपैयाँ, लौका ५५ रुपैयाँ, ब्रोकाउली, चमसूर र मेथीको साग १४५ रुपैयाँ र चुकुन्दर प्रतिकेजी ९५ रुपैयाँ पर्नेछ ।