14.1 C
Kathmandu
Thursday, March 28, 2024
spot_img

दुना, टपरीबाट आम्दानी गर्दै डवरीका महिला

देउखुरी, २४ जेठ (रासस) : वन–जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएका महिला निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका–१७ डवरीका महिलाले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनीहरुले तीन वर्ष अघिदेखि दुना, टपरी बनाएर बिक्रीमार्फत आम्दानी गर्न थालेका हुन् ।

त्रिशक्ति दुना, टपरी उद्योग स्थापना गर्दै सामूहिक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको समूहको अध्यक्ष उमा रावतले बताउनुभयो । विसं २०७४ मा इपिआरसी नेपालले गाउँका महिलालाई दुना, टपरी बनाउने तालिम दिएको थियो । तालिमपश्चात १० महिलाको समूह बनाएर काम थालेको अध्यक्ष रावतले बताउनुभयो ।

“तालिम सकिएसँगै महिलाले समूह गठन गर्दै दुना, टपरी उद्योग घरेलुमा दर्ता ग¥यौँ, उद्योग दर्तापछि घरेलु तथा साना उद्योगले ८० प्रतिशत अनुदानमा दुना, टपरी बनाउने मेसिन समूहलाई प्रदान गरेको थियो, सोहीबाट उत्पादन गर्दै आएको थियौँ” रावतले भन्नुभयो ।

मेसिनको दुना टपरी हातले बनाएको जस्तो भरपर्दो नहुने भएकाले विगत एक वर्षदेखि हातले बनाउन थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा दाङमा दुना टपरीको माग बढेको छ । “जिल्लाको घोराही, तुलसीपुर र लमही बजारबाट नियमित माग आउन थालेको छ”, उहाँले भन्नुभयो, “बजारका पूजा सामग्री पसलले बिक्री गर्दछन्, बाह्रै महिना यसको माग हुने गरेको छ ।”

चाडपर्व, पूजा, बिहे तथा मृत्यु संस्कारमा पनि हरियो दुना टपरीको माग हुने गर्दछ । तर, धार्मिककार्य तथा अन्य विशेष समयमा माग धान्न समस्या हुने गरेको रावतले बताउनुभयो ।

एउटा टपरीको मूल्य रु चार कायम गरिएको समूहकी अध्यक्ष रावतले जानकारी गराउनुभयो । उहाँका अनुसार हरियो दुना टपरीको माग गर्नेका लागि हातले तयार गरिन्छ । मेसिनबाट बनाएकोभन्दा हातले बनाएको मानिसले मन पराउने भएका कारण हातले बनाएको धेरै बिक्री हुने गरेको समूहको सदस्य सरस्वती घिमिरेले बताउनुभयो । रेडियोबाट महिला पनि उद्यमी बनेका र घर नजिकै खेर गएको पात सदुपयोग गरेका समाचार सुनेपछि गाउँका दिदीबहिनीले सल्लाह गरेर काम सुरु गरेको उहाँँले बताउनुभयो ।

“सुरुमा बजारमा कहाँ बिक्री गर्ने भन्ने अन्योल थियो । चाट, पानीपुरी पसल र होटलमा सम्पर्क गरौँ । बिक्री गर्न धेरै गाह्रो भएन । उत्पादन सुरु भएसँगै अहिलेसम्म राम्रो आम्दानी भएको छ”, उहाँले भन्नुभयो, “पहिले घर खर्चका लागि दुना टपरी बनाउने काम गर्दे आएका थियौ । तालिम पाएपछि भने व्यावसायिक रुपमै अगाडि बढेका छौँ ।’’ दुना, टपरी बनाउने काम सुरु गरेसँगै आर्थिक रुपमा सवल बन्दै गएको उहाँको भनाइ छ ।

खेर गएको पात र बचेको समयको सदुपयोग गरेर एक जनाले मासिक पाँच हजारसम्म आम्दानी गर्ने गरेको घिमिरेले बताउनुभयो । “पहिले चुरा टिका किन्न समेत श्रीमानसँग माग्नुपथ्र्याे, तर अहिले आफै कमाउन थालेपछि सहज भएको छ”, उहाँले भन्नुभयो । महिला दिदीबहिनीसँगै मिलेर दुना, टपरी बनाउने काम गर्दा आम्दानीका साथमा रमाइलोसमेत हुने गरेको उहाँले बताउनुभयो । “पहिले बसेर दिन यत्तिकै बित्ने गरेका थिए, अहिले आम्दानी हुने काम गरेका छौ, आम्दानी भएपछि आफुले किन्न चाहेका सामग्री सजिलै किन्न सक्छौँ” घिमिरेले भन्नुभयो ।

प्लास्टिकका सामान विस्थापित गर्न र स्वस्थ्य समाज निर्माण गर्न थालेको सकारात्मक अभियानलाई प्रचार गर्न सकेमा आफ्नो व्यापारले बजार पाउने महिलाको धारणा छ ।

घोराही उपमहानगरको उपप्रमुख हुमा डिसीले महिलाले गरेको कामलाई सम्मान गर्दै उत्पादन भएका सामग्रीलाई बजार व्यवस्थापनमा पालिकाले सहयोग गर्ने बताउनुभयो । प्लास्टिकका सामग्रीले स्वास्थ्यलाई पार्ने नकारात्मक असरविरुद्ध महिलाले गरेको का नमूनायोग्य रहेको उहाँले बताउनुभयो ।

डिसीले जिल्लामा अन्य महिलाले पनि घर वरिपरी खेर गइरहेको पातलाई सदुपयोग गरेर आयआर्जनमा जोडिन आग्रह गर्नुभएको छ । दुना, टपरी प्रयोग गरेर प्लास्टिकका सामान किन्ने पैसा बाहिर जाने रकम रोक्न सकिने उहाँको धारणा रहेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles