24.1 C
Kathmandu
Wednesday, May 15, 2024
spot_img

कावा खोलामा पुल नबन्दा स्थानीयलाई जोखिम

भाँचिएको भोजपुरको कावा खोलाको पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासी ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । रामप्रसादराई र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलाको पुल निर्माणका क्रममा भाँचिएको थियो ।

पुल आठ महिनाअघि भाँचिएको भए पनि हालसम्म पुनः निर्माणको काम अघि बढ्न सकेको छैन । गत मङ्सिरमा सो विषयमा सर्वपक्षीय छलफल भएको थियो । पुनः निर्माणको काम यस वर्षको बर्सातअघिनै सक्ने सहमती भएको थियो । खोलाबाट भाँचिएको पुल हटाउनबाहेक अन्य काम अघि बढ्न नसकेपछि स्थानीयले आवाज उठाएका हुन् ।

प्रादेशिक सडक, पुल आयोजना प्रदेश १ का संयोजक सूर्यनारायण चौधरीले आगामी चैतसम्म पुनःनिर्माण गरिने बताउनुभयो । निर्माणकै क्रममा पुल भाँचिएको विषयमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ । स्थानीय उमेश कुलुङले भन्नुभयो, “पुल निर्माण सुरु हुँदा हामी निकै उत्साहित थियौँ । बन्दै गर्दा पुल भाँचियो । भाँचिएपछि तत्काल बन्ला बन्ने आशा थियो । तर पुनः निर्माणको काम सुरु भएन । हामी जोखिम मोलेर यात्रा गर्न बाध्य छौँ ।”

पैदलयात्रुसँगै सवारीसाधन पार गर्न निकै कठिन हुने गरेको छ । विसं २०७६ फागुन १२ गते पुलको शिलान्यस गरिएको हो । करिब ९० प्रतिशत काम सकिएपछि ढलान गर्ने क्रममा पुल बीचमा भाँचिएको हो । करिब रु पाँच करोडको लागतमा पक्की पुल निर्माण भइरहेको थियो । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डको उक्त पुल २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । पुलको लम्बाइ ४५ मिटर छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles