14.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

गङ्गामाई रथयात्रा सम्पन्न

आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन पशुपति क्षेत्रमा पानी माग्दै गरिने गङ्गामाई रथयात्रा सम्पन्न भएको छ ।पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको विशेष पूजा आराधनासहित दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपति नाथ मन्दिर तथा पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गाको दिव्य रथयात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ । असारमा गरिने यो जात्रापछि सहकाल हुने भएकाले प्राचीनकालदेखि यसलाई निरन्तरता दिइएको स्थानीय संस्कृतिविद् मुकुन्दराज वैद्यले बताउनुभयो ।

यो जात्रामा राज्यबाट हर्षबढाइँका लागि गुरुज्यूको पल्टनले सलामीसमेत प्रदान गर्ने प्राचीन परम्परा छ । गङ्गामाई जात्राको प्रतीकका रूपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोषले निरन्तरता दिँदै आएको हो । पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासना स्थल हो । गङ्गालाई स्वर्गबाट पृथ्वीमा उतारेको विश्वास गरिन्छ । पशुपति क्षेत्रमा यो जात्रा गरेपछि देशभर वर्षा भई खेतीपाती लगाउन सकिने मान्यतासमेत रहेको छ ।

भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइएको थियो । रथयात्रामा स्थानीयवासीका साथै देशविदेशबाट आएको भक्तजनको सहभागिता थियो । गङ्गामाई रथयात्रा पशुपतिनाथको बज्रघरबाट सुरु गर्ने परम्परा रहेको कोष धार्मिक महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles