asd
24.1 C
Kathmandu
Saturday, July 20, 2024
spot_img

कुटपिट गरी दुई जनाको हत्या: दुई जना प्रहरीको हिरासतमा

डोटीको पूर्वीचौकी गाउँपालिका-१ छेप्लाडीमा निर्माणाधिन स्कुलको भवनमा लेबर काम गरी बस्ने एक जनालाई निर्घात कुटपिट गर्दा मृत्यु भएको छ। कैलाली धनगढी उपमहानगरपालिका-१७ धुर्जना घर भएका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लडागडा र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले डबललाई पक्राउ गरेको हो ।

यस्तै कास्कीको पोखरा महानगरपालिका-२० भलाम कालिखोला बंगुर फर्ममा काम गरी बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका-३ फलाटे घर भएका ५५ वर्षीय मसला दमैको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै सालो २० वर्षीय कमल नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुबीच सामान्य विवादको क्रममा कमलले कुटपिट गर्दा गम्भीर घाइते भएका मसलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,900SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles