• २०८२ मङ्सिर २७ गते शुक्रवार
  • Preeti To Unicode

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा दुई सदस्य धरौटीमा रिहा


काठमाडौं – कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा पक्राउ परेका दुई सदस्यलाई काठमाडौं जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा गरिएको छ। लेखा समिति सदस्य सुनिता नेवा (चार लाख रुपैयाँ धरौटी) र सञ्चालक समिति सदस्य कमल लामा (तीन लाख रुपैयाँ धरौटी) मंगलबार रिहा भएका छन्।

सहकारीले ६९० बचतकर्ताबाट १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपमा ३९ व्यक्तिहरूलाई प्रतिवादी बनाउने प्रक्रिया अघि बढाइएको छ। उक्त प्रकरणमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ।

यो ठगी प्रकरणमा अन्य आरोपितहरूलाई पनि चाँडै पक्राउ गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार