काठमाडौँ – रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-१३ स्थित भल्ल गाउँ नजिकैको ठुलीभेरी नदी किनारमा बुधबार बिहान एक पुरुषको शव फेला परेको छ। शव कपडा नभएको अवस्थामा फेला परेको हो, र यसको पहिचान हालसम्म हुन सकेको छैन। घटनास्थलमा प्रहरी टोली पुगेको छ र शवको मुचुल्का तयारी गर्दै पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाउने तयारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले घटनास्थलमा प्रहरीको टोलीले आवश्यक कारवाही गरिरहेको जानकारी दिएका छन्। थप अनुसन्धान भइरहेको र शवको पहिचानका लागि प्रयास जारी रहेको प्रहरीले जनाएको छ।