• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

गुल्मीमा हराएको व्यक्तिको कंकाल फेला, अचम्मको घटना उजागर


गुल्मीको गुल्मीदरबार गाउँपालिका-६ का रतन शाहीको कंकाल दुई महिना पछि फेला परेको छ। सोमबार राति कुकुरले मानिसको टाउको जस्तो वस्तु ल्याएर ल्याएपछि वडासदस्य सुन्दर कुँवरले प्रहरीलाई खबर गरे। प्रहरी र स्थानीयहरूको टोलीले मंगलबार बिहान कालिका सामुदायिक जंगलमा गइ कंकालका अन्य अवशेषहरू फेला पारेका थिए। कपडाका आधारमा ती अवशेष रतन शाहीका भएको पुष्टि गरिएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार रतन शाही घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धानका लागि इन्सपेक्टर भुपेन्द्र थापाको नेतृत्वमा टोली परिचालित गरिएको छ।

यो घटना स्थानीयलाई स्तब्ध बनाएको र दुःखद भएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार