• २०८२ कार्तिक १५ गते शुक्रवार
  • Preeti To Unicode

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित


काठमाडौं । क्यानडामा रहेको नेपाली क्रिकेट टिमले यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ ।गएराती सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै खेलको सिरिज जितेको हो ।

तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थियो ।  अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा सुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग– २ को त्रिकोणात्मक सिरिज खेल्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार