• २०८२ कार्तिक १५ गते शुक्रवार
  • Preeti To Unicode

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सानिमा बैंकद्वारा २५ लाख सहयोग


काठमाडौं ।  सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५,००,००० (अक्षेरेपी पच्चीस लाख मात्र) सहयोग गरेको छ ।

मिति २०८१ आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार