काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपणपछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सोलले शुक्रबार जनाएको छ।
आणविक–सशस्त्र उत्तरले गत दुई साता छुट्टाछुट्टै अभ्यासमा आफ्नो सबैभन्दा उन्नत र शक्तिशाली ठोस–इन्धन अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) र केही छोटो दूरीका बैलिस्टिक क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो ।
दक्षिण कोरियाली सैन्य कमान्डले गरेको लाइभ-फायर अभ्यास ‘उत्तर कोरियाली उक्साहटको दृढतापूर्वक जवाफ दिने दृढ सङ्कल्प प्रदर्शन’ गर्न लक्षित रहेको बताएको छ ।
ज्वाइन्ट चिफ्स अफ स्टाफले अभ्यासले ‘शत्रुको उक्साहटको स्रोतविरुद्ध सटीक आक्रमण गर्ने क्षमता र तयारी’ पनि रहेको बताएको छ । सैन्य कमान्डका अनुसार अभ्यासमा पश्चिमी समुद्रमा ह्युनमु सतह-देखि-सतह छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो ।
दक्षिण कोरियाले उत्तर कोरियाबाट उत्पन्न खतराको सामना गर्न सन् १९७० को दशकमा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रको स्वदेशी उत्पादन सुरु गरेको थियो ।