आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस


काठमाडौं । आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस । डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाईन्छ । हरेक वर्ष झै यस वर्षपनि ‘klg …Upholding Dignified Menstruation Fundamental to Sexual and Reproductive Health and RightsÚ (यौन र प्रजनन स्वास्थ्य र अधिकारको लागि मौलिक मासिक धर्मको पालना) भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रममो आयोजना गरी महिनावारी दिवस मनाउन लागिएको छ ।

मर्यादित महिनावारी मानव अधिकारको आधार हो र यस दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई व्याख्या गर्दै यसको अन्तका रूपमा आव्हान गर्दछ । वास्तवमा महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ बिलियन व्यक्तिहरूको लागि मासिक रूपमा घट्ने सामान्य प्रक्रियागत घट्ना भएतापनि  विश्वभरि लाखौँले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित छन्। यस कारण पनि महिनावारी धेरै सामान्य हो र लाज मान्नु पर्दैन भन्ने सन्देशका साथ यस दिवस मनाईन थालिएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार