• २०८२ मङ्सिर २७ गते शुक्रवार
  • Preeti To Unicode

प्रजनन दर घटेपछि टोकियो सरकारद्वारा कर्मचारीलाइ हप्ताको ३ दिन बिदा


काठमाडौं ।  टोकियो सरकारले प्रजनन क्षमता र पारिवारिक समय बढाउन कामदारहरूलाई हप्ताको ३ दिन बिदा दिने निर्णय गरेको छ ।जापानी राजधानीले काम गर्ने आमाहरूलाई मद्दत गर्न र प्रजनन दरलाई बढावा दिनको लागिसरकारी कर्मचारीहरूका लागि ३ दिन बिदा दिने निर्णय गरेको हो ।

टोकियो मेट्रोपोलिटन सरकारले अप्रिलबाट सुरु हुने नयाँ व्यवस्थाले कर्मचारीहरूलाई हरेक हप्ता तीन दिन बिदा लिन सक्नेछन् । यसले छुट्टै अर्को नीति घोषणा गर्‍यो, जसले प्राथमिक विद्यालयहरूमा कक्षा १ देखि ३ सम्मका बच्चाहरू भएका अभिभावकहरूलाई चाँडै अफिसवाट बाहिर निस्कन मिल्ने गरी उनीहरूको तलबमानमा बृद्दीसमेत गरिने भएको छ ।

जापानको प्रजनन दर, जसले धेरै वर्षदेखि तीव्र गिरावट भोगिरहेको छ, गत जुनमा त रेकर्ड न्यून पुगेको थियो । यद्यपि सरकारले युवाहरूलाई विवाह गर्न र परिवार सुरु गर्न प्रोत्साहित गर्ने प्रयासहरू भने निकै बढाएको छ।

गत वर्ष ७ लाख २७ हजार २७७ जन्म रेकर्ड मात्र कायम भएको थियो, जसमा प्रजनन दर एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने संख्या माइनस १.२ को अनुपातमा रहेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार