४५ अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ?  


काठमाडौं । सेयर बजारको मापक नेप्से सूचक २६ सय ८९ अंकमा झरेको छ । आइतबार सेयर बजार ४५.९३ अंकले घटेको छ । सेयर बजार १.६७ प्रतिशतले घट्दा कुल कारोबार भने ७ अर्ब ४६ करोड रुपैयाँको मात्रै भएको छ ।

आइतबारको सेयर बजारको कारोबार उच्च अंकले घटेको भएपनि २७ कम्पनीको सेयर मूल्य भने बढेको छ । आइतबार खानीखोला हाइड्रोपावर, डोटी पावर कम्पनी, मोलुङ हाइड्रोपावरसहतिका कम्पनीको सेयर मूल्य ९ प्रतिशतसम्मले बढेको छ ।

बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा खानीखोला हाइड्रोपावर रहेको छ । यसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४७१ रुपैयाँ प्रतिकित्ता पुगेको छ । आइतबार नेप्सेमा सूचीकृत कम्पनीमध्ये ३२१ वटा कम्पनीको १ करोड ७३ लाख कित्ता सेयरको ८१ हजार ४०४ पटक कारोबार भएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार