काठमाडौं । सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । यद्यपि सरकारी वकिल कार्यालय कास्कीले भने १३ दिनको म्याद मागेको थियो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो ।
सुरुमा उनी माथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो । पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।