तेह्रथुममा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरी दुहवी नगरपालिका-९ छाताबेली बस्ने ३० वर्षीय तजमुल ईस्लाम मियालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तजमुलले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुम लालिगुराँस नगरपालिका-२ बसन्तपुरस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले सुनसरी दुहवी नगरपालिका-९ छाताबेलीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
अहिले उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।