Breaking समाचार

पानीको सट्टा स्प्रिट पिउन दिएपछि एक छात्राको मृत्यु: क्षतिपुर्ति र कारबाहीको माग गर्दै उत्रिए आन्दोलनमा

Written by janaawaaj

सिरहामा शिक्षिकाले पानी सम्झेर स्प्रिट खुवाएपछि एक छात्राको मृत्यु भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।

सिरहाको मिर्चैया नगरपालिका ६ स्थित रहेको सगरमाथा उच्च माध्यमिक विद्यालयको एक शिक्षिकाले पानीको सट्टा स्पिरिट पिउन दिएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।

उनी सिरहा नगरपालिका-११ भालुवाहिको रहेकी थिइन् र उनि सोहि विद्यालयमा अध्ययनरत समेत थिइन्। प्रहरीको अनुसार पुस २२ गते विद्यालयमा औषधी खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । तर शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्पिरिट पानी ठानेर दिइन् । उक्त बोतलमा रहेको स्प्रिट खाए लगत्तै सिर्जना बेहोस भएकी थिईन।

यस्तै सिर्जनालाई तत्काल उअप्चारको लागि कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पु-याइएको थियो। तर उनि उपचारकै क्रमामा
आफ्नो ज्यान गुमाइन।

अहिले उक्त घटनालाई लिएर विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै विद्यार्थीहरु र मृतक छात्राका आफन्तहरुले आन्दोलन सुरु गरेका छन् । उनीहरुले राजमार्गमा विद्यार्थीहरु टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण राजमार्गमा चल्ने सवारी साधनहरु अलपत्र परेको छ ।

उनीहरु आज बिहान साढे १० बजेबाट मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग बन्द गरेका छन्। यस्तैगरी आन्दोलनकारीहरुले विद्यालय प्रशासनसँग मृतकको परिवारलाई क्षतिपुर्ति र सोहि शिक्षिकलाई कारबाहीको माग गर्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण राजमार्गमा चल्ने सवारी साधनहरु अलपत्र समेत पारेको जनाइएको छ।

मृतकक छात्राको शव यतिबेला अस्पतालमा राखिएको छ।

About the author

janaawaaj