काठमाडौं – केही दिनको उतारचढावपछि आज सुनको मूल्यमा फेरि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन यस प्रकारको सुनको मूल्य १ लाख ७३ हजार ४ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
महासंघले नेपालमा सुनचाँदीको मूल्य निर्धारण दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको मूल्य, बैंकिङ प्रणालीको अवस्था, माग तथा आपूर्तिका आधारमा गर्दै आएको छ।