काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरुलाई नयाँ बानेश्वर र कौशलटार भक्तपुरमा रहेको नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्समा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्वन्धी सम्झौता गरेको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई र बैंकमाखाता रहेका ग्राहकहरुलाई क्लिनिकको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमाबिल रकमको क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सको तर्फबाट प्रबन्ध निर्देशक डा. श्रेया पाँडेले हस्ताक्षर गरेका छन् ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरु क्लिनिकबाट प्रदान गरिने : HydraFacial and Microneedling with PRP, Charcoal Peel/Chemical Peel, Mole/Wart/Skin tag removal, Face microneedling with PRP, Hair microneedling with PRP, Hair PRP/GFC, Pico Laser संग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वितहुन सक्नेछन् ।