सहकारी ठगी प्रकरणः काठमाडौं विमानस्थलमा रबि लामिछाने, सिमरा हुँदै विरगञ्ज लगिने


काठमाडौं । पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाइ काठमाडौं विमानस्थलमा ल्याइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि विरगञ्ज लैजानका लागि अहिले पोखरा अन्तराष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो ।

प्रहरीका अनुसार उनलाई अब काठमाडौँबाट प्लेनमा सिमरा हुँदै विरगञ्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट ल्याइएको हो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो ।

ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार