12.7 C
Kathmandu
Friday, November 24, 2023
spot_img

ब्रिटिस रेडक्रसद्वारा मर्यादा तथा स्वच्छता सामग्री सहयोग

ब्रिटिस रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरण गर्न आवश्यक सामग्री उपलब्ध गराएको

छ ।

ती सामग्रीमा मर्यादा र स्वच्छता सामग्री क्रमशः एक हजार तीन सय÷ एक हजार तीन सय सेट छन् । ब्रिटिस रेडक्रसका नेपाल प्रमुख कृति रेले ती सामग्री नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई सोमबार हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा ब्रिटिस रेडक्रसका नेपाल प्रमुख रेले विपद् तथा महामारीबाट प्रभावित भई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरणका लागि नेपाल रेडक्रसलाई आवश्यक सामग्री सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् प्रतिकार्यका लागि सामूहिक प्रयास आवश्यक हुन्छ । समुदायको विपद् उत्थानशीलताका लागि क्षमता बढाउन ब्रिटिस रेडक्रसले नेपाल रेडक्रसलाई निरन्तर सहयोग गरिराखेको र आगामी दिनमा यस्ता सहयोग जारी रहने छ ।”

नेपाल रेडक्रस कार्यकारी निर्देशक ढकालले ब्रिटिस रेडक्रसबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुहुँदै प्राप्त सामग्री तत्कालै बाढीपहिरो प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा पठाउने जानकारी दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles