22.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

चेपाङ सङ्घमा गोविन्दराम

नेपाल चेपाङ सङ्घको पाँचौँ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा गोविन्दराम चेपाङ विजयी हुनुभएकोछ । अध्यक्षका अर्का प्रत्यासी सुनिमाया चेपाङलाई पराजित गर्दै गोन्दिराम अध्यक्षमा विजयी हुनुभएको हो । गोविन्दरामले एक सय २३ मत प्राप्त गर्दा सुनिमायाले ९२ मत प्राप्त गर्नुभयो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा बिलबहादुर चेपाङ एक सय १५ मतसहित विजयी हुनुभएको छ । अर्का प्रत्यासी कृष्णबहादुर चेपाङले ८१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा सुमित्रा चेपाङ एक सय २३ मत र महासचिवमा सन्तबहादुर चेपाङ एक सय १६ मतसहित विजयी हुनुभयो । सचिवमा सुरेन्द्र चेपाङ एक सय १९ मत र भरतलाल चेपाङ एक सय १२ मतसहित विजयी हुँदा कोषाध्यक्षमा आइतलाल चेपाङ निर्विरोध हुनुभएको छ ।

यसैगरी मकवानपुरबाट छ जना, धादिङबाट पाँच जना, गोरखाबाट तीन जना र लमजुङ एवं तनहुँबाट एक–एक जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनबाट सात जना सदस्य भने निर्वाचन प्रक्रियाबाटै चुनिनुभएको छ । उक्त समिति ३५ सदस्यीय रहेकामा ३० जना निर्वाचित हुनुभएको हो । यस समितिमा पाँच जना भने पछि मनोनित हुनेछन् । नेपालमा चेपाङ समुदायका नागरिकको सङ्ख्या ६९ हजार दुई सय ३३ छ । यसअघि चैत ३ गते उद्घाटन भएको महाधिवेशन विशेष कारणबाट रोकिएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles