11.1 C
Kathmandu
Friday, December 1, 2023
spot_img

हनुमानगरको अतिक्रमण हटाइँदै

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाले लामो समयदेखि सडक पेटिमा अतिक्रमण गरी राखिएका संरचना हटाउन थालेको छ ।

नगरप्रमुख वीरेन्द्र माझीले एक सूचना जारी गर्दै नगरपालिकाको कार्यालयको मूल गेट (प्रवेशद्वार) देखि उत्तरपट्टि करिब पाँच सय मिटर भारदह–हनुमानगर र राजविराज जाने सडकसम्मको सडक पेटिमा विगत लामो समयदेखि बनाइएका स्थायी टहरा हटाउन निर्देशन जारी गरेको छ ।

भारदह–हनुमानगर–राजविराज सडकखण्डअन्तर्गत भगवती मन्दिरदेखि मोहुली खोला पुलसम्म क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्नका लागि लामो समयदेखि सडक अतिक्रमण गरी राखिएका पुराना संरचनासमेत हटाउन आग्रह गरिएको नगरप्रमुख माझीले जानकारी दिनुभयो ।

साथै उक्त ठाउँमा सर्वसाधारण जनतालाई आवतजावतमा कठिनाइ भइरहेको भन्दै सडकको फुटपाथसहित सडकको दायाँबायाँमा राखिएका होडिङ बोर्ड, अस्थायी संरचना, रिक्सा, ठेला, टेम्पो र फुटफातमा राखिएका खुद्रा पसल निर्माण सामग्री तत्काल चाँडो हटाउनुपर्ने बताइएको

छ । अनाधिकृतरुपमा फुटपाथ पसल सञ्चालन गरेर बसेकालाई हटाउन सूचना जारी गर्दै हाट बजारमा राखिएका मानिसलाई समस्या हुने गरी सानातिना पसल सात दिनभित्रमा हटाउन भनिएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles