25.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न अध्यक्ष दाहालको निर्देशन

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज एक वक्तव्य जारी गर्दै उहाँले भूकम्पबाट पीडितलाई राहत तथा पुनःस्थापनाका लागि पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग अपिल गर्नुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले भूकम्पमा परी घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

गएराति डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पबाट घर भत्किँदा छजनाको मृत्यु भएको छ भने अरू ६ जना घाइते भएका छन्

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles