21.1 C
Kathmandu
Monday, September 25, 2023
spot_img

भाँचिएको पुल मर्मत नहुँदा सुन्दरपुरवासीलाई समस्या

भाँचिएको पुल मर्मत नहुँदा वर्षा लागेसँगै त्रियुगा नदीको बहाव बढ्न थालेपछि सुन्दरपुर र बेलही क्षेत्रका बासिन्दालाई त्रियुगा नदी आवत्जावत् गर्न सास्ती भोग्नु परेको छ ।सुन्दरपुर र बेलही जोड्ने चौदण्डीगढी नगरपालिका– ५ सिवाइस्थित त्रियुगा नदीको पुल गतवर्ष असार महिनामा भाँचिएपछि अहिलेसम्म मर्मत हुन सकेको छैन । एक वर्ष अगाडि त्रियुगाको बाढीका कारण भाँचिएको पुलको पिलर अहिलेसम्म पनि पुनःनिर्माण नभएपछि वर्षा लागेसँगै त्रियुगा नदीमा पानीको बहाव बढेका कारण स्थानीयवासीलार्ई आवतजावत गर्न कठिन भएकोे बेलहीका बासिन्दा अनुप चौधरी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ,“सुन्दरपुरदेखि बेलही आउन तथा चौदण्डी नगरपालिको कार्यलय बेल्टार बजार पुग्न त्रियुगा नदी तर्न बाध्य छौँ, पानीको बहाव बढ्न थालेपछि गाउँका पुरुष कपडा खोलेर पौडी खेल्दै ज्यानको बाजी लगाएर नदी तर्न बाध्य छन् ।”

पौडीखेल्न नसक्ने महिला र पुरुषभने सुन्दरपुरबाट त्रियुगा नगरपालिकाको जोगिदह, गाईघाट बजार हुँदै मदन भण्डारी मार्गको ३० किलोमिटर बाटो घुमेर बेल्टारस्थित चौदण्डी नगरपालिकाको कार्यलय पुग्न बाध्य भएको बेलहीका सीताराम चौधरी बताउनुहुन्छ ।विसं २०६७ निर्माण भएको पुल १२ वर्षपछि गत वर्षमात्र सम्पन्न भएर सञ्चालनमा आउनै लाग्दा गत असार १९ गते बाढीले भत्काएको थियो । समयमा पुल मर्मत नहुँदा र त्रियुगा नदीमा पानीको बहाव बढेसँगै अहिले सुन्दरपुरवासी गाउँबाट अन्यत्र जानको लागि ज्यानको जोखिम मोलेर सास्ती भोग्दै त्रियुगा नदी तर्न बाध्य हुनुपरेको स्थानीयवासी बताउँछन् ।
गाईघाट दिक्तेल सडक कार्यलयका प्रमुख गोपाल खकुरेलसँग अहिलेसम्म पुल मर्मत नगरिएको बारे प्रश्न गर्दा उहाँ भन्नुहुन्छ,“सडक विभागले यसबारे अहिलेसम्म कुनै निर्देशन नगरेको हुनाले पनि पुल मर्मत हुन नसकेको हो ।”

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles