14.1 C
Kathmandu
Saturday, March 23, 2024
spot_img

देवनागरी लिपि मास्ने कार्य असंवैधानिक

राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताउनुभयो ।

उहाँले सुदूरपश्चिमको दार्चुलामा हालै एक महिलालाई जलाएर हत्या गरिएको विषयमा सरकारले अपराधीलाई कडाइका साथ कारबाही गरी समाजलाई सुरक्षित बनाउनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । उहाँले दण्डहीनताको अभावमा महिला हिंसा बढदै गएकामा चिन्ता व्यक्त
गर्नुभयो ।

राष्ट्रियसभा सदस्य कमला पन्तले मलको अभावले किसानलाई समस्या परेकाले त्यसको सहज आपूर्ति गर्नुपर्ने बताउनुभयो । कृषि क्षेत्रको विकासका लागि किसानलाई राहत दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विसं २०७५ भदौको सर्वोच्चको फैसला कार्यान्वयन गरेर विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनीहरुले पठाएको विप्रेषणबाट मुलुकको अर्थ व्यवस्था सञ्चालन भइरहेको बताउनुभयो ।

अर्का सदस्य सुमित्राकुमारी बिसीले नागरिकता अभावमा अवसरबाट बञ्चित भएकालाई व्यवस्थित गर्न नागरिकता विधेयक ल्याउनुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा शैक्षिक सामग्री पुग्न नसकेकाले पठनपाठनमा असजिलो भएको बताउँदै सम्बन्धित पक्षलाई संवेदनशील बन्न सुझाव दिनुभयो । किसानलाई मल र बीउको अभाव भएको, चैतेधान बालीको बजारभाउ ढुटोभन्दा कम भएकाले समायोजन हुनुपर्नेमा जोड दिँदै उहाँले त्रिशूलीलगायत नदी आसपासका अव्यवस्थित बस्तीले नदी प्रदूषित भएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

अर्का सदस्य नरबहादुर विष्टले अपरकर्णाली परियोजनाको कार्य निर्धारित समयमा पूरा नगर्ने जिआरएम कम्पनीको इजाजत खारेज गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles