• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

सुनको मूल्यमा भारी वृद्धि, नयाँ रेकर्ड कायम


काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिनमा ५,७०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १,८१,१०० रुपैयाँ पुगेको छ। यो मूल्य नेपाली बजारको इतिहासमै सबैभन्दा उच्च हो। अघिल्लो दिनको तुलनामा मूल्यमा ठूलो वृद्धि देखिएको हो।

यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य १,८०,३०० रुपैयाँ पुगेको थियो, जुन त्यतिबेला सम्मकै सबैभन्दा महँगो मूल्य थियो। तर, आजको मूल्यले उक्त रेकर्ड समेत तोडेको छ।

यस्तै, चाँदीको मूल्य पनि ६५ रुपैयाँले वृद्धि भई प्रति तोला १,९०० रुपैयाँ पुगेको छ।

सुन र चाँदीको मूल्यमा देखिएको यो तीव्र वृद्धिको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि हुनु हो। हाल विश्व बजारमा सुनको माग बढिरहेको छ, जसका कारण मूल्यमा तीव्र वृद्धि देखिएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ प्रतिशतभन्दा बढीले बढेर प्रति औंस ३,१०० अमेरिकी डलर नाघेको बताइएको छ। यसले गर्दा विश्वका केही ठूला सेयर बजारहरूमा समेत सकारात्मक प्रभाव देखिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार