आज काठमाडौंबाट भौरहवा उडान गर्दै न्यारोबडी विमान


काठमाडौं  । नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले आज काठमाडौंबाट भौरहवा उडान गर्दैछ। आज बिहान ११ बजे काठमाडौंबाट उड्ने विमान साढे १२ बजे यात्रु लिएर फर्किने तालिका रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। काठमाडौंबाट सबै १५८ सिटका लागि नै टिकट सोल्ड भएका छन्। काठमाडौं आउन ११० जनाले टिकट काटिसकेका छन्।

१२० सम्म यात्रु लिएर फर्कने अनुमान गरिएको पौडेलले बताए। काठमाडौं–भैरहवा उडानका लागि ७ हजार र भैरहवा–काठमाडौंका लागि ३ हजार ८९० रुपैयाँ भाडादर तोकिएको छ।

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार