काठमाडौं । बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ ।
विश्वबैंकले जारी गरेको विज्ञप्तिमा बाढी-पहिरोले पुर्याएको क्षतिको पुन र्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्कालका लागि ठूलो रकम चाहिने भएकाले उल्लिखित रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको उल्लेख छ ।