कालीकोटमा जिप दुर्घटना: ८ जनाको मृत्यु, घाइतेलाई सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो


काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।  आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र पहिचान नखुलेको प्रहरीले जनाएको छ ।  घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमा सुर्खेत ल्याइएको छ ।

दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरबाट उपचारका लागि सुर्खेत ल्याइएको हो । घाइतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि ल्याइएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कालिकोटको पलाँता गाउँपालिकाको थिर्पुदेखि राम्नाकोट जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप राडीनेटामा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार