सिरियाका नयाँ प्रधानमन्त्री मोहम्मद अल बसिर


काठमाडौं ।  सिरियाका नयाँ प्रधानमन्त्रीको रूपमा मोहम्मद अल बसिरले नेतृत्व गर्ने भएका छन् । मोहम्मद अल बसिरले अन्तरिम प्रधानमन्त्रीको रूपमा देशको संक्रमणकालीन सरकारको नेतृत्व गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

बिद्रोही समुह हयात ताहिर अल सामकोतर्फवाट इडलिब सरकारका पूर्व प्रमुख रहेका बसिर संक्रमणकालीन प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।सिरियाको नयाँ प्रशासनले मोहम्मद अल बशीरलाई संक्रमणकालीन सरकारको प्रधानमन्त्रीको रूपमा चयन गर्ने तयारी गरेको अल जजीरा अरबीले जनाएको छ ।

इडलिब सहर इस्लामवादी लडाकु समूह र यसका सहयोगीको लागि एउटा प्रान्त थियो, जहाँबाट उसले असद सरकारको बिरूद्ध दुई हप्ता अघि आक्रमण सुरु गरेको थियो। ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार