• २०८२ फाल्गुन २० गते बुधवार
  • Preeti To Unicode

 ह्वात्तै बढ्यो सुनको भाउ,कतिमा हुँदै छ कारोबार ?


काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो  । मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन सोमबार प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार