21.1 C
Kathmandu
Friday, April 12, 2024
spot_img

उदयपुरबाट ६४ जनाको उम्मेदवारी

आसन्न मङ्सिर ४ गते हुन गइरहेको सङ्घ र प्रदेशको निर्वाचनका लागि उदयपुर जिल्लाबाट आइतबार प्रदेश र सङ्घमा गरेर ६४ जना उम्मेदवारले नामावली दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरका अनुसार जिल्लाको दुई निर्वाचन क्षेत्र र प्रदेशअन्तर्गत चार क्षेत्रमा २२ राजनीतिक दल र अन्य स्वतन्त्र उम्मेदवारसहित ६४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभाको सदस्यका लागि १४ जनाले उम्मेदवारी नाम दर्ता गराएका छन् भने जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट १२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले बताउनुभयो ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभाका लागि (क) र (ख) बाट गरेर २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने जिल्लाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशका लागि (क) र (ख) गरेर १२ जनाले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ ।

जिल्लामा कूल दुई लाख २८ हजार नौ सय ४६ मतदाता सङ्ख्या रहेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा एक लाख ३५ हजार पाँच सय २५ मतदाता सङ्ख्या रहेका छन् भने निर्वाचन क्षेत्र नं २ मा ९३ हजार चार सय २१ मतदाता सङ्ख्या रहेको कुरा जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको
छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles