चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्ट ट्रेडिङ कर्पोरेसन


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आसन्न तिहार छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।

यस क्रममा बुधबार कर्पोरेसनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदाम घरमा भित्र्याएको जनाएको छ ।

कर्पोरेसनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार