20.1 C
Kathmandu
Tuesday, November 28, 2023
spot_img

सडक पुनःसञ्चालनका लागि पहल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले गत मङ्गलबार रातिको वर्षाले पु¥याएको क्षतिको अवलोकन गरी बाढीपहिराले अवरुद्ध सडक पुनः सञ्चालनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ माझगाउँ र वनुवा घुम्तीबीचको सडक अवरुद्ध भएको छ । सांसद आचार्यले बुधबार सो क्षेत्रको अनुगमन गर्नुभएको थियो । बाढी पहिरोले पु¥याएको क्षतिको अनुगमन गर्न आउनुभएका सांसद आचार्यले सो क्षेत्रको सडक तत्काल सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद आचार्यले आज पनि बाढी पहिरोका कारण रसुवाका अन्य क्षेत्रमा पुगेको क्षतिको अवलोकन गर्दै हुनुहुन्छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles