13.1 C
Kathmandu
Tuesday, November 28, 2023
spot_img

बिपी आधारभूत विद्यालयको भौतिक अवस्थामा सुधार

मोरङको सुनवर्षी नगरपालिका– ९ स्थित बिपी आधारभूत विद्यालयको भौतिक अवस्था सुधार भएपछि पठनपाठनमा पनि सुधार भएको पाइएको छ । बिपी कोइरालाको नामबाट २०५३ सालमा स्थापना भएको सो विद्यालयको भवन जीर्ण बनेको थियो ।प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पटक÷पटक अनुगमन एवं निरीक्षण गर्नाका साथै विद्यालयको भौतिक सुधारमा सक्रिय रुपमा लाग्नुभएको थियो । राससले पनि उक्त विद्यालयको विषयमा पटक÷पटक समाचार लेखेपछि केही निकायको ध्यान केन्द्रित भएर सो विद्यालयको भौतिक सुधार भएको स्थानीयवासीले बताए ।

नर्सरीदेखि कक्षा पाँचसम्म पठनपाठन हुने सो विद्यालयमा अहिले १५९ विद्यार्थी र पाँच शिक्षक कार्यरत रहेको प्राधानाध्यापक सञ्जीवकुमार राजवंशीले जानकारी दिनुभयो । राजनीतिक नेताको नाममा स्थापना भएको यो विद्यालयमा नेपाली कांग्रेसकी महिला नेत्री नोना कोइराला हुञ्जेलसम्म विद्यालयको अवस्था राम्रै थियो । केही दरबन्दी र राहत कोटाबाट सञ्चालनमा आएको सो विद्यालयको भौतिक सुधारमा सुनवर्षी नगरपालिकाले रु चार लाख र जिल्ला समन्वय समितिले रु सात लाख ५० हजार सहयोग गरेका कारण सुधार आएको शिक्षक उमानन्द ठाकुरले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी दाहालले रङ्गेली विराटनगर हुलाकी राजमार्गसँग जोडिएको यो विद्यालयमा एक दिन अनुगमन गर्ने क्रममा प्रवेश गरेको र विद्यालयको अवस्था हेर्दा मन खिन्न भएकाले सोही दिनदेखि भौतिक सुधारमा ध्यान दिएर लागेको बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles