26.1 C
Kathmandu
Friday, April 19, 2024
spot_img

राससद्वारा ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन

राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि ‘श्रव्यदृश्य पत्रकारितासम्बन्धी तालिम’ सञ्चालन गरेको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले ‘छापादेखि डिजिटलसम्मः प्रविधिबाट प्रभावित पत्रकारिता’, राससका नायब महाप्रबन्धक राजु शाक्यले ‘श्रव्यदृश्य पत्रकारिता र रासस’, राससका प्रमुख भिडियो ग्राफर विष्णु कल्पितले ‘श्रव्यदृश्य पत्रकारिता र टेलिभिजन स्क्रिप्ट स्ट्रक्चर’ विषयमा प्रशिक्षण गर्नुहुने छ ।

यसैगरी विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले ‘श्रव्यदृश्य पत्रकारिता र डिजिटल प्लेटफर्म’, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले ‘श्रव्यदृश्य पत्रकारितामा भाषा–शैलीको महत्व तथा स्क्रिप्ट लेखन अवधारणा’ र पत्रकार तथा प्रशिक्षक महाप्रसाद लामिछानेले ‘श्रव्यदृश्य पत्रकारिताका सन्दर्भमा उपकरणको प्रयोगमा ध्यान दिनुपर्ने विषय’ मा प्रशिक्षण दिनुहुने छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले तालिमको शुभारम्भ गर्दै राससले भिडियो सेवा सुरु गर्दैगर्दा विषयवस्तु, प्रस्तुति, समयबद्धता, गुणस्तरीयता, सम्प्रेषण, प्रविधिको प्रयोग, अडियन्स र सेवाग्राहीको सुझावलाई विशेष ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “भिडियो सेवासँगै राससले आफूलाई परिमार्जन गरी अझै विश्वसनीय र प्रविधिको तीव्र विकासलाई आत्मसात गर्नुपर्छ ।”

राससका कार्यकारी अध्यक्ष झाले राससको भिडियो सेवालाई अग्रणी सेवाका रूपमा विकासित गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ अनलाइनको लागि भिडियो सेवा लक्षित छ । सूचना प्रविधिलाई राससले आत्मसात गर्ने छ, श्रव्यदृश्य सेवालाई द्रूत र विश्वसनीयरूपमा अगाडि बढाउने छ ।” विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले राससको भिडियो सेवालाई आम सेवाग्राहीको चाहनाअनुरुप अगाडि बढाउन आग्रह गर्नुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले तालिममा श्रव्यदृश्यको प्रभावकारिता, यसका चुनौती, भाषाशैली, प्रविधिको प्रयोगलगायतका विषयमा छलफल गरिने जानकारी दिनुभयो । कार्यक्रममा प्रशिक्षक लामिछानेले राससको श्रव्यदृश्यको प्रभावकारिताबारे चर्चा गर्नुभयो ।

सञ्चालनमा रहेका टेलिभिजन च्यानलसहित अनलाइन सञ्चारमाध्यमको समेत अनुरोधबमोजिम सञ्चालन गरिएको श्रव्यदृश्य सामग्री रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन गरी वितरण गरिँदै आइएको छ । राससले श्रव्यदृश्य सञ्चालनको निम्ति ‘श्रव्यदृश्य सेवा सञ्चालन निर्देशिका–२०७९’ तयार गरेको छ ।

निर्देशिकाअनुसार राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको छायाङ्कन गरी खासगरी टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य (भिजुअल) सामग्री उपलब्ध गराउँदै आएको छ ।

राससले गत साउन १ गतेदेखि औपचारिकरूपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको थियो । राससको समाचार सेवा सामग्रीमा विविधिकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रूपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको हो । विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ ।

नेपालको पहिलो समाचार समिति निजी क्षेत्रबाट विसं २०१६ पुस १ गते स्थापित ‘नेपाल संवाद समिति’ (नेसस) हो । यसका संस्थापकमा पत्रकार गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धर हुनुहुन्थ्योे ।

दोस्रो समाचार समिति पनि निजी क्षेत्रबाटै विसं २०१७ वैशाख ३० गते स्थापित ‘सगरमाथा संवाद समिति’ (ससंस) हो । निजी क्षेत्रका यी दुई समाचार समितिलाई गाभेर सरकारी सञ्चारमाध्यमका रूपमा विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासंस) स्थापना भएको हो । राष्ट्रिय संवाद समितिलाई विसं २०२८ देखि राष्ट्रिय समाचार समिति (रासस) भन्न थालिएको हो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles