17.1 C
Kathmandu
Thursday, March 28, 2024
spot_img

तीन हजार सात सय बिधार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामग्री बितरण

हिमानी ट्रस्टले गोरखाका सामुदायिक बिद्यालयमा अध्ययनरत तीन हजार सात सयभन्दा बढी बिधार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ । उक्त ट्रस्टले जिल्ला भित्रका ४० बिद्यालयमा अध्ययनरत तीन हजार सात सय ५० बिधार्थीलाई उक्त सामग्री बितरण गरेको कार्यक्रम संयोजक मोहसिन अलिमियाँले जानकारी दिनुभयो ।
ट्रस्टले बिधार्थीहरुलाई ब्यागभित्र नेपाली तथा अग्रेजी अभ्यास पुस्तक, कलर बक्स, स्टेशनरी बक्स, सिसाकलम, हेल्थ ब्याग, लन्च बक्स, पानीको बोटल, माक्स, साबुन, मन्जन, ब्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्डसमेत राखेर गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, शहीद लखन गाउँपालिका, पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाको बिद्यालयका बालबालिकालाई उक्त सामग्री बितरण गरेको उहाँले बताउनुभयो ।
ट्रस्टकी अध्यक्ष हिमानी शाह र उहाँकी छोरी कृतिकाले चाइना फाउण्डेनमार्फत प्राप्त उक्त सामाग्री शनिबार स्कुलले बिद्यार्थीहरुलाई बितरण गर्नुभएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles