Breaking समाचार

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

Written by janaawaaj

गुल्मीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दिपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अहिले उक्त विषयमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

About the author

janaawaaj