• २०८२ फाल्गुन २८ गते बिहिवार
  • Preeti To Unicode

जाजरकोटमा जिप दुर्घटना, पाँच जनाको मृत्यु 


काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ करुवातर्फ जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा नलगाड नगरपालिका३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन रहेका छन् ।यस्तै ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

डबल क्याप बोलेरो जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार