• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

भोजपुरमा ट्याक्टर दुर्घटना: वडा सदस्यसहित दुई जनाको मृत्यु


काठमाडौँ  – भोजपुर नगरपालिका–३ सेतीबगरमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गोबर मल बोकेर गइरहेको ट्याक्टर अनियन्त्रित भई खस्दा उनीहरूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका–५ का ५२ वर्षीय वडा सदस्य निरप्रसाद फुयाँल र ५५ वर्षीय भक्तबहादुर थापा रहेका छन्। उनीहरू सवार रहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर सेतीबगरमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज तिम्सिनाका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ। घटनापछि ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार