22.1 C
Kathmandu
Thursday, September 21, 2023
spot_img

उपप्रधानमन्त्री श्रेष्ठ- सरकारको सुशासन अभियानले विश्राम लिँदैन,

काठमाडौँ , गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताएका छन् ।

बिहीवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाइरहेको बताए । श्रेष्ठले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वशर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताए । उनले निर्दोष नफसुन् र दोषि नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको पनि उल्लेख गरे ।

मन्त्री श्रेष्ठले धनि र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानून हुँदैन भन्नेकुरामा सबैको ध्यानाकर्षण गराए ।
उनले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन र टुंगोमा पु¥याउन सरकार दृढ रहेको बताए ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,868FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles