19.1 C
Kathmandu
Tuesday, May 14, 2024
spot_img

नेपाल पुरूष भलिबलको फाइनल नजिक एपीएफलाई हराउँदै टिपटप हेल्प,

काठमाडौं ,सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा एपीएफलाई हराउँदै टिपटप हेल्प नेपाल फाइनल नजिक पुगेको छ ।

एपिएफलाई ३-२को सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट जितेको टिपटपले दोस्रो र तेस्रो सेट हार्न पुग्यो । पाँचौं तथा निर्णायक सेटमा एपीएफ म्याच प्वाइन्टमा पुग्दा १४–११ को अवस्था थियो । उक्त अवस्थाबाट खेलमा फर्केको हेल्प नेपालले लगातार पाँच अंक जोड्दै जित हात पारेको हो ।

हेल्प नेपालले अन्तिम खेल शुक्रबार आर्मीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा हेल्प नेपालले शीर्ष स्थानमा रहँदै फाइनल खेल्नेछ ।

यदि पराजित हुँदा पनि फाइनल खेल्ने सम्भावना रहन्छ । हारेको खण्डमा भने टिपटपले नेपाल पुलिस र नेपाल एपीएफको नतिजामा भर पर्नु पर्नेछ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles