• २०८२ कार्तिक ६ गते बुधवार
  • Preeti To Unicode

काठमाडौँको मखन टोलमा आगलागी, एक महिलाको मृत्यु, आगो नियन्त्रणमा आउन सकेको छैन


काठमाडौँ – काठमाडौँ महानगरपालिका-२४ स्थित मखन टोलमा आगलागी भएको छ, जसमा एक महिलाको मृत्यु भएको छ। घटनामा मृत्यु हुने महिलाको सनाखत अझै हुन सकेको छैन।

आगलागीको स्थिति अझै नियन्त्रणमा आउन सकेको छैन। काठमाडौँ उपत्यकाका ६ वटा दमकलले आगो निभाउन प्रयास गरिरहेका छन्। दमकलका टोलीहरू जुद्ध बारुद, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, बालाजु औद्योगिक क्षेत्रबाट आएका छन्।

प्रारम्भिक अनुसन्धानका अनुसार आगो दयाराम श्रेष्ठको ४ तले कच्ची घरको तेस्रो तल्लामा भएको ग्याँस लिकका कारण सुरु भएको हो। त्यसपछि आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा फैलिएको छ।

घटनास्थलमा प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली आगो नियन्त्रणमा खटिएका छन्। प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको नेतृत्वमा २० जनाको प्रहरी टोलीसमेत कार्यरत रहेको छ।

आगलागीका कारण ठूलो धनजनको क्षति र जनधनको अपूरणीय हानि भएको अनुमान गरिएको छ। यस घटनामा थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार